‘नो ब्रा’ अभियान्ता कोरियाली गायिका मृत फेला



काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियानकी दक्षिण कोरियाली गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् ।

उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।

२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन-रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने-नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।

उनले इन्स्टाग्राममा ब्रा नलगाइकन खिचेको फोटो पोष्ट गरेपछि प्रशंसा र आलोचना दुवै भएको थियो । इन्स्टाग्राममा रहेका उनका लाखौं फलोअर्सले पनि उनलाई साथ दिएपछि ‘नो ब्रा’ ह्यासट्याग ट्रेन्डिङमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्