बार्सिलोना शीर्ष स्थानमा



लन्डन, (एजेन्सी)।विश्व फुटबलको क्लब वरीयतामा स्पेनिस क्लब बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।क्लब वल्र्ड र्याङकिङ डटकमले सोमबार सार्वजनिक गरेको ताजा वरीयतामा बार्सिलोना १५ हजार ५ सय ९२ अंकसहित शीर्ष स्थानमा पुगेको हो।

त्यस्तै इंग्लिस क्लब लिभरपुल १३ हजार १ सय ७४ अंकसहित वरीयताको दोस्रो स्थानमा उक्लिएको छ।

अर्जेन्टिनाको रिभर प्लेट १२ हजार ९ सय ५१ अंक पाउँदै तेस्रो स्थानमा रहँदा १२ हजार ७ सय ९१ अकं पाएको इंग्लिस क्लब म्यानचेस्टर सिटी चौंथो स्थानमा झरेको छ।

त्यस्तै स्पेनिस क्लब भ्यालेन्सिया भने पाँचौं स्थानमा छ। त्यस्तै छैटोदेखि दसौं स्थानसम्म क्रमशः स्पेनको रियल मेड्रिड, अर्जेन्टिनाको बोका जुनियर्स, ब्राजिलको एथ्लेटिको पारानेन्सा, ब्राजिलकै पाल्मेरिस र इंग्ल्यान्डको चेल्सी रहेका छन्।

वरीयतामा आर्सेनल ११औं स्थानमा रहँदा इटालियन क्लब युभेन्टस १९औं र बायर्न म्युनिख १३औं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्