मेदवेदेभलाई वर्षको चौथो उपाधि



संघाई, (एजेन्सी)।रुसका डानिल मेदवेदेभले संघाई मास्टर्स च्याम्पियन बन्दै वर्षको चौथो उपाधि हात पारेका छन्।२३ वर्षीय मेदवेदेभले जर्मनीका एलेक्जेन्डर ज्वेरेभलाई हराउदै वर्षको चौथो र करियरको सातौं उपाधि जितेका हुन्।

आइतबार भएको फाइनलमा मेदवेदेभले २२ वर्षीय ज्वेरेभलाई ६–४, ६–१ को सेटमा हराएका थिए। उनले उनले सो खेल जित्न मात्र ७४ मिनेट लगाएका थिए।
मेदवेदेभले करियरमा पहिलोपटक ज्वेरेभलाई हराएका हुन्।

यी दुईबीच यसअघिको लगातार ४ भिडन्त ज्वेरेभसँग मेदवेदेभले हार बेहोरेका थिए। यसअघि उनले सोफिया ओपन, सिनसिनाटी मास्टर्स र सेन्ट पीटर्सवर्ग ओपन जितेका थिए। योसमेत मेदवेदेभले यो वर्ष नौवटा फाइनल खेले।

उनी यस वर्ष सबैभन्दा बढी फाइनल खेल्ने खेलाडीसमेत बनेका छन्।यस वर्ष ५९ जित दर्ता गराएर मेदवेदेभ यस वर्षकै सर्वाधिक विजेतासमेत बनेका छन्। मेदवेदेभले योसमेत लगातार दोस्रोपटक मास्टर्स १००० उपाधि जितेका हुन्।

उनी संघाई मास्टर्स जित्ने दोस्रो रूसी खेलाडी बने। यसअघि रुसका निकोलई देविन्देको सन् २००९ मा च्याम्पियन बनेका थिए।

प्रतिक्रिया दिनुहोस्