मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण



नेपाल समाचारपत्र, काठमाडौं।युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नति भइरहेका भौतिक पूर्वाधारको सोमबार निरीक्षण गर्नुभएको छ।

मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल, स्क्वासको सेन्टर कोर्ट र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको निरीक्षण गर्नुभयो।

सो अवसरमा मन्त्रीले निर्माण कार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधि, इन्जिनिएरलगायतसँग प्रगति अवस्थाका बारेमा जानकारी लिनुका साथै समयमै कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्