डब्ल्यूसीएल विजेतालाई ७ लाख



नेपाल समाचारपत्र, काठमाडौं।बुधबारदेखि शुरू हुने महिला च्याम्पियन्स लिग (डब्ल्यूसीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेताले ७ लाख रुपियाँ प्राप्त गर्नेछ।

आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्तिमार्फत पुरस्कार राशि घोषणा गरेको हो। त्यस्तै उपविजेताले ३ लाख पाउनेछ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ सय २५ सीसीको टीभीएस स्कुटरसहित ५० हजार रुपियाँ प्रदान गरिनेछ। उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २५–२५ हजार प्राप्त गर्नेछन्।

प्रत्येक खेलको म्यान अफ द म्याचले रु. ५ हजार पाउनेछन्। ५ टोलीको सहभागितामा डब्ल्यूसीएल असोज २९ देखि कात्तिक ७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस गरी ५ टोलीको सहभागिता हुनेछन्।

भोलि हुने उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्