लघुवित्त कम्पनीद्वारा धमाधम लाभांश घोषणा गर्दै



नेपाल समाचारपत्र, काठमाडौं । विभिन्न वित्तीय कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने कम्पनीहरूको अग्रपंक्तिमा नेसनल माइक्रोफाइनान्स लगायत रहेका छन्।

नेसनल माइक्रोफाइनान्सले ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यस्तै, लाभांश घोषणा गर्नेमा मिर्मिरे लघुवित्त पनि छ। यसले ४७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले वितरण गर्ने लाभांशमा बोनस शेयर ४५ प्रतिशत र २ दशमलव ३६ प्रतिशत नगद लाभांश दिन लागेको हो। यस्तै, सूर्योदय लघुवित्तले ४४ दशमलव ८२ प्रतिशत बोनस शेयर र २ दशमलव ३४ प्रतिशत नगद लाभांश गरी ४७ दशमलव १६ प्रतिशत लाभांश घोषणा गर्ने जनाएको छ।

छिमेक लघुवित्तले ४४ दशमलव ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले २७ दशमलव १२ प्रतिशत बोनस शेयर र १७ दशमलव २२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। उन्नति लघुवित्तले ४० दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ३८ दशमलव ६ प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

निर्धन उत्थानले लगानीकर्तालाई ४० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। कम्पनीले १५ दशमलव ५३ प्रतिशत नगद लाभांशसहित २५ प्रतिशत बोनस शेयर दिने जनाएको छ। ग्लोबल आइएमई लघुवित्तले ३६ दशमलव ८४ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ३५ प्रतिशत बोनस शेयर र १ दशमलव ८४ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

यस्तै, सामुदायिक लघुवित्तले ३६ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीले ३४ दशमलव ४५ प्रतिशत बोनस शेयर र १ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। स्वदेशी लघुवित्तले ३५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। २० प्रतिशत बोनस शेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांशसहित कुल लाभांश वितरण गर्न लागेको हो।

समता लघुवित्तले ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र १६ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

मेरो माइक्रोफाइनान्सले ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्न लागेको छ। गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

स्वरोजगार लघुवित्तले २८ दशमलव १६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले २६ दशमलव ७५ प्रतिशत बोनस शेयर र १ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।त्यस्तै नागवेली लघुवित्तले २६ प्रतिशत बोनस शेयर १ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने लक्ष्मी लघुवित्तले १५ प्रतिशत बोनस, ११ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

स्वाभिमान लघुवित्तले २४ प्रतिशत बोनस शेयर र १ दशमलव २७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। किसान माइक्रोफाइनान्सले २४ प्रतिशत बोनस र १ दशमलव १४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

समिट माइक्रोफाइनान्सले २१ दशमलव १० बोनस शेयर र १ दशमलव ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। नेरुडे लघुवित्तले १५ प्रतिशत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश र फस्र्ट माइक्रोफाइनानसले १७ प्रतिशत बोनस र शून्य दशमलव ९० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

यसैगरी चौतारी लघुवित्तले ७ प्रतिशत बोनस र १० दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। आरएसडीसी लघुवित्तले ६ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। नेपाल एग्रो लघुवित्तले १५ प्रतिशत बोनस र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

उता इन्फिनिटी लघुवित्तको १० प्रतिशत बोनस र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। स्पर्श लघुवित्तले १३ बोनस र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

सबैको १३ प्रतिशत बोनस र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यस्तै आशा १२ बोनस शेयर प्रतिशत शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।कलिका माइक्रोफाइनान्सले १२ प्रतिशत बोनस र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

सिभिल लघुवित्तले ५ प्रतिशत बोनस र ५ नगद लाभांश घोषणा गरेको छ। गुराँस लघुवित्तको ७ दशमलव ६१ र शून्य दशमलव ४० प्रतिशत नगद, आरम्भ लघुवित्तले ८ प्रतिशत बोनस र शून्य दशमलव ४२ प्रतिशत, गणपति लघुवित्तले ७ बोनस शेयर र शून्य दशमलव ३६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्