ओरियन्टल होटलको बुक क्लोज



ओरियन्टल होटलले असोज २८ गतेदेखि बुक क्लोज गर्दैछ। कात्तिक ७ गते वार्षिक साधारण सभा गर्न होटलले बुक क्लोज गरेको हो। होटलले गत वर्षको नाफाबाट शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको हो। साथै चुक्तापुँजीमा संस्थापकको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्ने विषय पनि छलफलका लागि तय भएको छ।

प्रतिक्रिया दिनुहोस्