फौजी सहमति



दमास्कस, (एजेन्सी)।सिरियास्थित कुर्दहरूले सिरियाली सरकार आफूहरूमाथि टर्कीबाट भइरहेको आक्रमण रोक्नका लागि आफ्ना फौज उत्तरी सिमानातर्फ लान तयार भएको सोमबार बताएका छन्। यसअघि नै सिरियाली सरकारी सञ्चारमाध्यमले सरकारी फोजलाई उत्तरी भागमा तैनाथ गरिएको बताएको थियो।

अमेरिकाले सिरियाका आफ्ना कमजोर क्षेत्रबाट आफ्ना बाँकी फौज फिर्ता लगेपछि गत सातादेखि टर्कीले आक्रमण शुरू गरेको हो। सीमा क्षेत्रबाट कुर्दिसहरूलाई धपाउन सो आक्रमण गरिएको हो। प्रमुख अमेरिकी गठबन्धन कुर्दिस नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेजलाई लक्षित गरी बमबारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्