मखमली मखमलीको फस्ट लुक



आगामी मंसिर १३ गते अल नेपाल रिलिज हुने फिल्म मखमली मखमलीको फस्ट लुक्स सार्वजनिक गरिएको छ। यसअघि निर्माण गरिएको मखमलीले मखमलीले सिंगल थिएटरमा ठीकै व्यापार गरेको थियो।

मखमलीको सिक्वेलको रूपमा अभिनेत्री निर्माता शुभेच्छा थापाले मखमली मखमली निर्माण घोषणा गरे पनि समयमा फिल्म छायांकन नभएपछि यसमा निर्मात्रीका रूपमा सावित्रा चिलुवाल आबद्ध भएकी हुन्।

यसको सार्वजनिक २ पोस्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई प्रस्तुत गरिएको छ। दुवै पोस्टरमा जयकिशन हास्य अवतारमा छन्। एउटा पोस्टरमा उनी ढकियामाथि बसेर आनन्द लिइरेका छन् भने उनलाई शुभेच्छाले बोकेको देखाइएको छ। अर्को पोस्टरमा जयकिशन तिलहरीयुक्त पोते र मंगलसूत्रमा सजिएको देखाइएको छ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्मात्री सावित्रा चिलुवालले नै लेखेकी हुन्। फिल्मको कथा आफूले लेखेको र कथा राम्रो भएका कारण फिल्ममा आफैले निर्माण गरेको सावित्राले बताइन्।

फिल्ममा जयकिशन र शुभेच्छासँगै शारदा गिरी (कालीबुढी), परी तामाङ, माया तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलालगायतले अभिनय गरेका छन् भने राजु गिरीले निर्देशन गरेका छन्। फिल्ममा वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, रामेश्वर हुमागाईंको छायांकन र विनोद बमको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्