सुमीको बर्थडे बहिरा संघमा



आगामी कात्तिक २२ गतेबाट अल नेपाल रिलिज हुने फिल्म सरौतोकी नायिका सुमी मोक्तानले आफ्नो जन्मदिनमा काठमाडौं बहिरा संघमा मनाएकी छिन्।
फिल्ममा एक्सन अवतारमा देखिने सुमीले आप्mनो क्यारेक्टरका लागि केही समय त्यहाँ बिताएकी थिइन्।

त्यसै क्रममा उनी त्यहाँ नजिक भएकी हुन्। केक काट्दै उनले त्यहाँ उपस्थितसँग कुराकानी गर्नुका साथै फलफूल पनि बाँडेकी थिइन्। ‘निकै खुसी लाग्यो उहाँहरूसँग जन्मदिनको खुसी साट्न पाउँदा’, सुमीले भनिन्– ‘उहाँहरूसँग कुरा गर्दा लाइफमा झनै प्रेरणा मिल्दोरहेछ।’

म्युजिक भिडियो र विज्ञापन फिल्ममा चिनिएका हरि हुमागाईं यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दै छन्। फिल्ममा सुमी र सन्नी सिंहका साथै लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरूणा कार्की, सुवाङम शाह, मनिषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामङलगायतले अभिनय गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्