कौडा खेल्ने १५ पक्राउ



पोखरा, (नेस)।पोखराको १८ चालिसेबाट कौडा खेल्ने १५ जनालाइ पक्राउ गर्ने क्रममा दुई प्रहरी सहित एक जना घाइते भएका छन। प्रहरीले कौडा खेलेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका असई सन्तोष सुवेदी र प्रहरी जवान दिवनाथ लामिछाने घाइते भएका हुन् भने कौडा खेल्ने विमल देवकोटा पनि घाइते भएका हुन घाइते उनिहरुको मेट्रोसिटी अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो।

नगदसहित उनिहरुलाइ पक्राउ गरेको हो। पोखरा खपौदि नजिकै रातको समयमा कौडा खेलिरहेका उनीहरुको साथबाट नगद ६ लाख १० हजार रूपैयाँ बरामद भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो।

“पक्राउ पर्ने क्रममा भागाभाग चल्दा दुवै पक्षका गरि ३ जना घाईते भएका छन्।“ अधिकारीले भन्नुभयो। कौडा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाइ पक्राउ गरेको बताउनुभयो। उनिहरु माथी म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उहाले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्