हेल्प नेपालमा इलाइब्रेरी



काभ्रे, (नेस)। हेल्प नेपाल नेटवर्क धुलिखेलमा बालिकाहरु र समुदायका लागि उपयोग हुने गरी इलाईब्रेरी शुरूवात गरिएको छ। लाईब्रेरीको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ।

इलाईब्रेरीमा ८ वटा कम्प्युटर राखिएको छ। जसबाट बालिकाहरुले कक्षा १ देखि १० सम्मका पाठ्यक्रमहरुको अध्ययनका लागि सहयोगि सामाग्रीका रूपमा प्रयोगमा ल्याउन सक्नेछन् भने बालिका र समुदायले आफै कम्प्युटर चलाउन जान्ने कम्प्युटर मास्टर राखिएको छ।

कम्प्युटर चलाउन आफै सिकाउने गरी सफ्टवेयर राखिएको छ। विकिमिडिया, आर्ट, विज्ञानका सामाग्रीहरु पनि उक्त लाईब्रेरीमा समावेश गरिएको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी अशोक ब्याञ्जुले बालबालिकाहरुको सिकाईका लागि प्रयोगमा ल्याईएको उक्त सफ्टवेयर समुदायले पनि प्रयोग गरी फाईदा लिन सक्ने बताउनु भयो।

धुलिखेल नगरपालिका बालमैत्री नगर बन्दै गरेको बताउँदै बालमैत्री नगरका लागि आवश्यक पर्ने पूर्वाधारहरुका लागि कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो।हेल्प नेपाल नेटवर्क धुलिखेलको अक्षयकोषलाई २ लाख रूपैया उपलब्ध गराउने, बालिकाहरुलाई उच्च शिक्षाका लागि निशुल्क अध्ययनको ब्यवस्थापन गर्ने र नगरपालिकाले उपलब्ध गराउने १६ प्रकारका तालिमहरुमा सहभागि गराई अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन सहयोग पु¥याउने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्