फरार थुनुवा एक वर्षपछि ब्राउन सुगरसहित पक्राउ



दाङ । करीब एक वर्षदेखि फरार रहेका एक थुनुवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका– ५ का २१ वर्षीय विष्णु बुढाथोकी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङबाट सार्वजनिक नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा लैजाने क्रममा तत्कालीन राप्ती अञ्चल अस्पताल तुलसीपुर नजिकै प्रहरीलाई झुक्याएर बुढाथोकी २०७५ कात्तिक २५ गते फरार भएका थियो ।

बुढाथोकीलाई प्रहरीले खोजतलास गर्ने क्रममा तुलसीपुरको नयाँ बसपार्कबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिनुभयो । शंका लागेर प्रहरीले खानतलासी गर्दा उहाँको साथबाट एक ग्राम ३४० मिलिग्राम लागुऔषध ब्राउन सुगरसमेत बरामद गरिएको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्