लागुऔषध कारोबार गर्ने मेडिकल सञ्चालकसहित दुई पक्राउ



विराटनगर । औषधि पसलबाट लागुऔषध कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका– २ पशुपति चोकका २० वर्षीय असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका– ४ का २६ वर्षीय नरेश यादव रहेको प्रहरीले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्नै क्रममा श्रेष्ठलाई असोज २३ गते प्रहरीले पक्राउ गरेको थियो । को १३ प १२६७ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको साथबाट स्पासपेन १६७० पिस, केटाडोल १६२० पिस, रिमाडोल– ६ पिस लागुऔषध बरामद भएको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा इटहरी २ बाट तिरुपती मेडिकल पसल सञ्चालन गर्दै आएका नरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले सञ्चालन गर्दै आएको मेडिकलबाट डाइलक्स डिसीको दुईवटा खाली बोतल, स्पापेन २१९ पिस, स्पास्मो १९ पिस भेटिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्