ललितपुरमा प्रहरी भ्यान दुर्घटना हुँदा असई घाइते



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको फूलचोकीस्थित रिपिटर टावरतर्फ जाँदै गरेको प्रहरी टोली बोकेको भ्यान दुर्घटनामा परेको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट गएका उक्त भ्यान ढुङ्गामा चिप्लिएर पाँच मिटर तल झरेको महानगरीय प्रहरी परिसर जाउलाखेलले जनाएको छ ।

सोमबार दिउँसो दुर्घटनामा परेको भ्यानमा एक असई, दुई हवल्दार र एक जवान सवार रहेका थिए । उनीहरु मध्ये असई घाइते भएको प्रहरीले बताएको छ ।

चिप्लिएर पाँच मिटर तल खसेको प्रहरी भ्यास क्रेनले तानेर माथि ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस्