टाइफुनका कारण जापानमा ३६ जनाको मृत्यु, कयौं बेखबर



राजवीन थापा, जापान ।

जापानमा आएको ‘हेगिबिस’ नामको टाइफूनका कारण अहिलेसम्म ३६ जनाको मृत्यु भइसकेको छ । यस्तै उक्त आँधीका कारण कयौं बेखबर बनेको पनि अन्तराष्ट्रिय समाचारमाध्यमहरुले उल्लेख गरेका छन् । क्योदो न्युज सर्भिसका अनुसार घटनामा १६ जना अझै हराइरहेका छन् ।
६ दशकयताकै शक्तिशाली टाइफूनबाट बच्न राजधानी टोक्यो लगायत केही शहरका थुप्रै मानिस सुरक्षित स्थान तर्फ गएका छन् । यस्तै जापान सरकारले ७ लाख घरपरिवारलाई सुरक्षीत स्थनमा विस्थापीत गर्न समेत निर्देशन दिएको छ ।

शहरका भवन, रुख, सडकमा क्षति पुर्‍याएपछि क्षतिग्रस्त स्थानमा सरकारले दशौं हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्