मानवअधिकार संरक्षणमा इन्सेकको भूमिका महत्वपूर्ण



कालीवहादुर मल्ल, कालिकोट ।

जिल्लाको मानवअधिकार संरक्षण, सम्वद्र्धनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले महत्वपूर्ण भूमिका खेलेको यहाँ आयोजित एक कार्यक्रमका सहभागिहरुले वताउनु भएको छ ।

इन्सेक कालिकोटद्धारा शुभकालिका गाउँपालिकामा आयोजित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदही वनाउने परियोजना अन्तरगत परिचयात्मक तथा मानवअधिकार समूह गठन कार्यक्रमका अतिथि र सहभागिहरुले यस्तो धारणा राख्नुभएको हो ।

गाउँपालिका केन्द्र सुकाटियाको सभाहलमा हालै आयोजित कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाही, विशेष अतिथि गाउँपालिका प्रवक्ता केशनवहादुर शाही,वडाध्यक्ष कर्ण खत्री,कार्यपालिका सदस्य हिरे सुनार,अम्रीता चौलागाँई,समाजसेवी देविराम आचार्य लगाएतका अतिथिहरुले मानवअधिकार उलंघनका घटनाहरु न्युनिकरणमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको वताउनुभयो ।

साथै उहाहरुले इन्सेकले विगत द्धन्दको समयमा पनि मानवअधिकार संरक्षणका लागि वकालत गदै आएको हुनले गाउँपालकामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका लागि कार्यक्रम सञ्चालन गरेकोमा खुसि व्यक्त गर्नुभयो ।

गाउँपालिकामा मानवअधिकार वकालत तथा पैरवीका लागि जनप्रतिनिधि,पत्रकार,समाजसेवी,महिला,दलित लगाएतको भेलाबाट भक्तिप्रसाद अधिकारीको संयोजकत्वमा ११ सदस्यीय मानवअधिकार समूह समेत गठन गरिएको इन्सेकका सहजकर्ता रमेश सुनारले जानकारी गराउनु भएको छ ।

समुहले स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला,बालबालिका,दलित लगाएतका समुदायको शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारको पहुँचका लागि माग दावि गर्न क्षमता अभिवृद्धि गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्