करेन्ट लागेर एकको मृत्यु



न्युज अफ नेपाल, तम्घास ।

गुल्मीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरे रहेको प्रहरीले जनाएको छ ।

बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । शव परीक्षणकाका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्