डाक्टर केसीले पाए अवकाश, १३ गतेदेखि आन्दोलनसहितको सत्याग्रह सुरु गर्ने चेतावनी



काठमाडौँ । २६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक गोविन्द केसीले अवकाश पाएका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग राखेर पटकपटक अनशन बस्दै आएका केसीले अवकाश हुँदै गर्दा पनि ६ बुँदे माग राखेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेका डा. केसीले कात्तिक ८ गतेसम्ममा आफ्ना माग पूरा नभए १३ गतेदेखि आन्दोलनसहितको सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

आफूले समग्र स्वास्थ्य क्षेत्रको बारेमा बोलेको भन्दै उनले देशका कुनाकाप्चामा गएर पनि अनसन बस्ने जनाएका छन् ।

हेर्नुहोस् प्रेस बिज्ञप्ती……..

प्रतिक्रिया दिनुहोस्