मण्डनदेउपुरमा फुटबल हुँदै



काभ्रे, (नेस)।काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ सिपाघाटमा प्रथम फुटबल प्रतियोगिता हुने भएको छ।सिपाघाट फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी कात्तिक १ गतेदेखि हुने बताइएको छ।

जसका लागि खेलाडी सहभागी तथा नाम दर्ता गराउन सूचना आह्वान गरिएको छ। नगरपालिकामा रहेका विभिन्न फुटबल क्लबलाई प्रतियोगितामा सहभागी हुन अनुरोध गरिएको हो। उक्त खेलमा टिम दर्ता गर्न ६ हजार रुपियाँ दस्तुर लाग्ने आयोजकले जनाएको छ।

सिपाघाटको तल्लोबजार खेलमैदानमा उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५५ हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद राशीको पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजक क्लबले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्