‘खसी पुरस्कार’ मा प्रतिबन्ध लगाउन माग



OLYMPUS DIGITAL CAMERA
नेपाल समाचारपत्र, हेटौंडा।दशैंमा फुटबल प्रतियोगिताहरू आयोजना गरेर विजयी टिमलाई पुरस्कारस्वरूप खसी प्रदान गर्ने क्रम चलेको छ।यस्तो चलनलाई निर्मूल पार्न प्रदेश–३ मा ‘खसी पुरस्कार’ राखेर गरिने प्रतियोगिता गर्न नदिन आग्रह गरिएको छ।
यसका लागि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेललाई आग्रह गरिएको हो। सहयोगी मन नेपाल हेटौंडाले मन्त्री जमकट्टेललाई ज्ञापनपत्र बुझाउँदै एउटाको उत्सवमा अर्काको ज्यान जाने काम भएको भन्दै यस्ता प्रतियोगितामा प्रतिबन्ध लगाउन माग गरेको हो।

प्रतियोगितामा विजेताले खुसी मनाउँदै गर्दा अर्कोतर्फ निर्दोष प्राणीको ज्यान जाने भएका कारण यस्ता प्रतियोगिता गर्न नहुने सहयोगी मन नेपालको धारणा छ।
मन्त्री जमकट्टेलले आफूहरू यस विषयमा गम्भीर भएको बताउनुभएको थियो। सहयोगी मन नेपाल अध्यक्ष केदार चौलागार्इंले प्राणीको स्वतन्त्रापूर्वक बाँच्न पाउने अधिकार रक्षा गर्नेतर्फ मन्त्री जमकट्टेल सकारात्मक रहनुभएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्