मेलम्चीको बाँकी काम गर्न सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं।मेलम्ची खानेपानी विकास समिति र चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोबीच ‘हेडवक्र्स’ निर्माणका लागि सम्झौता भएको छ। मेलम्ची आयोजनाको मुहानस्थित ‘हेडवक्र्स’ को बाँकी काम गर्ने ठेक्का पाएको थियो।

कम्पनीले १५ महिनामा ‘हेडवक्र्स’ को काम सक्ने गरी समय दिइएको छ। ‘हेडवक्र्स’ निर्माणको लागत एक अर्ब रुपियाँ रहेछ। कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम शुरु गर्ने गरी ठेक्का सम्झौता भएको छ।

इटालियन निर्माण कम्पनी सीएमसीले गत वर्ष काम छोडपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो।त्यस्तै सुरुङको बाँकी कामका लागि ७५ करोडमा सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्