भारतसँग जोडिएका सीमा नाका बन्द हुने



नेपाल समाचारपत्र, दार्चुला। भारतमा जारी त्रीस्तरीय चुनावलाई दृष्टिगत गरी भारतसँग सीमाना जोडिएका सुदूर पश्चिमाञ्चलको उत्तरी जिल्ला दार्चुलाका नाका आजबाट तीन दिनसम्मको लागि बन्द गरिने भएको छ।

भारतको त्रीस्तरीय पञ्चायत सामान्य निर्वाचन–२०१९ अन्र्तगत चुनावको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै सिमानाका सील गर्न भारतीय प्रशासनले नेपाली प्रशासनलाई पत्र पठाएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो।

असोज २८ गते तृतीय चरणमा भारतको धार्चुला, मुनस्यारी तथा डिडिहाटमा हुने चुनावलाई मध्यनजर गरी असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्मको लागि सीमानाका बन्द हुने भारतीय पक्षले पत्रमार्फत नेपाली प्रशासनलाई जानकारी दिएको उहाँले बताउनुभयो।

बन्द गरिएका नाकाहरू आकस्मिकरूपमा खोल्नुपरेमा दुवै पक्षको समन्वयमा खोल्न सकिने उहाँले बताउनुभयो। यसअघि प्रथम चरणमा असोज १८ गतेदेखि पिथौरागढ जिल्लाको विण, मुनाकोट तथा कानालीछिनामा ४८ घण्टाका लागि नाका सील गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्