विद्यार्थी नेतालाई स्वर्ण पदक



नेपाल समाचारपत्र, काठमाडौं।अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझी त्रिभुवन विश्वविद्यालयको ६६औं वाणिज्य दिवसको अवसरमा मास्टर्स डिग्री इन बिजनेस स्टडिज (एमबीएस)मा सर्वोच्च अंक प्राप्त गरी डाक्टर गोविन्दराम अग्रवाल पदकबाट विभूषित भएका छन्।

रायमाझीलाई त्रिभुवन विश्वविद्यालयको ६६आंै वाणिज्य दिवसको अवसर पारेर उक्त सम्मान गरिएको थियो। रायमाझीलाई एमबीएसमा सर्वोत्कृष्ट हुँदै स्वर्ण पदक, प्रमाणपत्र र नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

रायमाझी ग्रामीण विकास तथा सरोकार केन्द्र नेपालको अध्यक्षसमेत रहनुभएको छ। हाल रायमाझीले त्रिभुवन विश्वविद्यालयबाट एमफिल् र नेपाल ल क्याम्पसबाट एलएलबी गर्दै हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्