छ माया छपक्कै हेर्न ओइरिए दर्शक



लाग्छ नेपाली फिल्मका दर्शक छ माया छपक्कैको प्रतीक्षामा व्यग्र्र थिए। जसै दशैं समापनको घडी नजिकियो र सिने बजारमा छ माया छपक्कै लाग्यो, दर्शक यो फिल्म हेर्न नेपालभरका हलमा ओइरिए।

गत शुक्रबार अल नेपाल रिलिज भएको फिल्म हेर्न दर्शकको घुइँचो लागेको देख्दा उनीहरू यसै फिल्मको प्रतीक्षामा रहेको आभाष हुन्थ्यो। जससँगै लामो समयदेखि निराशा छाएको नेपाली फिल्मको व्यापारिक बजारमा फेरि उत्साह छाएको छ।

फिल्मले रिलिजको २ दिनमै ३ करोड बढी कलेक्सन गरी बम्पर व्यापारको रेकर्ड राखेको छ। फिल्मका निर्माता रोहित अधिकारीका अनुसार फिल्मले केही रेकर्डसमेत ब्रेक गरेको छ।

दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतका कलाकार प्रमुख भूमिकामा रहेको फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्मले यसपटक पानीको समस्यालाई राजनीतिसँग जोडेको छ। फिल्म आइतबारसमेत देशभरका मल्टिप्लेक्समा हाउसफुल भएको छ।

प्रतिक्रिया दिनुहोस्