सीतारामले जन्मदिनमा ल्याए अल्कोहोलिक लभ



हरेक वर्ष जन्मदिनको अवसर पारेर गीत एल्बम सार्वजनिक गर्दै आएका गायक सीताराम पोखरेलले यस वर्ष पनि यही अवसर पारेर सातौं एल्बम अल्कोहोलिक लभ सार्वजनिक गरेका छन्।

गायक पोखरेलले गत असोज १७ गते आफ्नो गृह क्षेत्र विराटनगर महानगरपलिका–१६ स्थित दरैयाको ऋषिदेवमा रहको दलितबस्तीका बालबालिकासँग जन्मदिन मनाउने क्रममा केक काट्दै अल्कोहोलिक लभ सार्वजनिक गरेका हुन्।

उनले बालबालिकालाई केक, चकलेट दिँदै कापीकलम र खेलकुदका सामग्री प्रदान गरे। जन्मदिन मनाउनकै लागि दलितबस्तीमा पुगेका गायक पोखरेलले बाल विकास केन्द्र्रमा बिजुली बत्तीका लागि वायरिङ गरिदिने घोषणा पनि गरे।

गायक पोखरेलले कलाकारले पनि वर्षमा एक दिन सकेको समाजसेवा गर्नुपर्छ भन्ने उद्देश्यले १५ वर्षदेखि निरन्तर गरिब र असहायमाझ जन्मदिन मनाउने क्रममा यस वर्ष दलितबस्तीका बालबालिकासँग सयम बिताउँदै एल्बम सार्वजनिक गरेको बताए।

उनले सबै कलाकारले वर्षमा एक दिन समाजसेवामा योगदान दिनसके समाजको शैक्षिक स्तरवृद्धि गर्न गरिबी निवारण गर्न थोरै भए पनि सहयोग पुग्ने चर्चासमेत गरे।

विमोचित एल्बममा ६ गीत संग्रहित छन्। एल्बमका २ गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेको ऋषिदेव बस्तीमा ४० घर–परिवार भूमिहीन बसोबास गर्छन्।

उनीहरू मजदुरी गरेर आप्mनो जीविका चलाउँछन्। बस्तीमा कक्षा ४ भन्दा धेरै पढ्ने कोही बालबालिका छैनन्। त्यसैले लायन्स क्लबले निर्माण गरिदिएको बालकेन्द्रमा स्थानीय अपाङ्गता भएका व्यक्ति राजु क्षत्रीले निःशुल्क पढाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्