कांग्रेसद्वारा विरोध



रौतहट, (नेस)।यसैबीच आफ्ना नेता पक्राउ गरेको भन्दै नेपाली कांग्रेस रौतहट आन्दोलित भएको छ। नेपाली कांग्रेसको आइतबार देशभरि नै चियापान कार्यक्रम भएको बेला आफ्ना नेता पक्राउ गरेर कांग्रेसलाई कमजोर पार्ने खेल वर्तमान सरकारले गरेको आरोप नेपाली कांग्रेस पार्टी सभापति कृष्ण यादवले लगाउनुभएको छ।
पक्राउपुर्जीबिना नै पक्राउ गरिएको भन्दै उहाँले यसको विरोध गर्ने बताउनुभयो।शान्तिदेखि क्रान्तिसम्म जानेको नेपाली कांग्रेसले रौतहटबाट आन्दोलन शुरू गरेर जहानीया राणा शासन ढालेको इतिहासको स्मरण गराउँदै पार्टी सभापति कृष्ण यादवले पक्राउ परेका आफ्ना नेतालाई निशर्त नछाडे कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।

पक्राउ परेको जानकारी पाएदेखि नै रौतहटका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिसमेत नाराबाजीमा उत्रेका थिए। यस्तै आफ्ना नेतालाई पक्राउ गरेपछि गौर बजार अशान्त भएको छ।
सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ। यसका बाबजुत नेपाली कांग्रेसका कार्यकर्ता नारा जुलुस र प्रदर्शनमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्