चिनियाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने बाटो खुल्यो



न्युज अफ नेपाल, काठमाडौँ।

चिनियाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ ।

कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो ।

तर, चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणका क्रममा भएको समझदारीपछि नेपाली सुन्तला चीनमा निर्यात गर्ने बाटो खुलेको हो ।

आज आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छी र कृषि सचिव डा।युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे ।

आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।

नेपाली उत्पादनको बजार बिस्तार र व्यापार घाटा न्यूनिकरणका लागि समझदारी फलदायी हुने मन्त्रालयको विश्वास लिएको प्रवक्ता सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्