डढेलोको कारण दशौ हजार व्यक्ति विस्थापित



A helicopter drops water to help fight flames as the Saddleridge Fire in the Porter Ranch section of Los Angeles, California on October 11, 2019. – The fire broke out late October 10 and has scorched some 4,600 acres (1,816 hectares), and forced mandatory evacuation orders for 12,700 homes. (Photo by Josh Edelson / AFP) (Photo by JOSH EDELSON/AFP via Getty Images)

लस एन्जेलस । दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् । दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ ।

शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ ।

यस आगलागीमा ५० वर्षीय एक व्यक्तिको हृदयघातबाट मृत्यु् भएको आगलागी नियन्त्रणका एक अधिकारीले जानकारी दिएका छन् ।

यस डढेलोबाट कोही व्यक्ति घाइते भएका तत्काल समाचार प्राप्त भएको छैन् । तर अधिकारीहरूले त्यस क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्