अन्तरिक्षमा पहिलो पटक हिँडेर इतिहास रच्ने एलेक्सीको निधन



काठमाडौं ।

सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हो ।

एलेक्सी लियोनोव आफ्नो अन्तरिक्ष यानबाट बाहिर निक्लेर १६ फिट लामो केबलको सहयोगमा १२ मिनेटसम्म हिँडेका थिए । सन् २०१२ मा लियोनोवले भेनका थिए, ‘तपाईँ यसलाई शब्दमा वर्णन गर्नै सक्नुहुन्न । बाहिर निस्केर केवल महसुस गर्न सकिन्छ कि हाम्रो चारैतर्फ कति विशाल संसार छ ।

एअरफोर्सको पाइलटका रुपमा सन् १९६० मा लियोनोवलाई अन्तरिक्ष यात्रीको प्रशिक्षणका लागि छनोट गरिएको थियो ।  उनले यूरी गागरिनसँग प्रशिक्षण लिने मौका पाए, गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन् ।

लियोनोवलाई ‘हिरो अफ् सोभियत युनियन’ को मेडलबाट दुई पटक सम्मानित गरिएको थियो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्