चाडपर्वलाई लक्षित गरी राजमार्गमा सुरक्षा चेकजाँचलाई कडा

डिएसपी सुरक्षा जाँच गर्न आफैं सडकमा खटिए



सुभेन्द्र दास, लहान ।

चाडपर्वलाई लक्षित गरी जिल्ला सिरहाको लहानका राजमार्गमा सुरक्षा चेकजाँचलाई कडा पारिएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख सुरक्षा जाँच गर्न आफैं सडकमा खटिएका छन् ।

दशकौंपछि ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेष राज रिजालले सडकमै आफैं खटेर सुरक्षा कार्ययोजना लागू गरेपछि राजमार्गमा शान्ति–सुरक्षा सबल बनेको छ ।

राजमार्गमा हुने अपराध, चोरी, लुटपाट, ठगी, मादकपदार्थ सेवनलगायत यात्रीको विशेष ध्यान राख्दै यही असोज ५ गतेदेखि आउँदो कात्तिक १८ गतेसम्मका लागि चाडपर्वलक्षित सुरक्षा योजना लागू गरिएको हो ।

सिरहाको लहानचौकमा खटिएर उनीहरुले राजमार्ग सुरक्षाको प्रत्यक्ष अनुभूति दिलाउने कार्य गरेका छन् ।

प्रमुख डिएसपी भेष राज रिजालले चालकको मापसे, यात्री सुरक्षा र जोखिम कम गर्ने उद्देश्यले अभियान चलाएको बताए ।

उनीहरुले मापसे चेकजाँच, बढी भाडा लिएका सवारी–साधनबाट रकम फिर्ता गराउनेदेखि सडकमै यात्रीसँग शुभकामना आदानप्रदान गरिरहेका छन् ।

चाडपर्व अवधिभर सवारी दुर्घटना, चोरी, डकैती, लुटपाट, पटका तस्करी, कालोबजारी, दुर्घटना न्यूनीकरण, झै–झगडा तथा हिंसात्मक घटनाहरू हुन नदिन र समाजमा शान्ति–सुव्यवस्था तथा अमनचयन कायम गरी जनतामा सुरक्षाको प्रत्यक्ष अनुभूति दिलाउन ईलाका सुरक्षा समितिले योजना लागू गरेको हो ।

सुरक्षा प्रमुखहरु प्रत्यक्ष सहभागी भएपछि ईलाकामा अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्