विप्लव समुहका सिन्धुली जिल्ला ईन्चार्ज पक्राउ



बुद्ध नेपाली, सिन्धुली ।

नेत्रविक्रम चन्द विप्लव समुहका जिल्ला ईन्चार्ज बर्त बहादुर राई (शशी) लाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीको हरिहरपुरगढी–२ बफर स्थित आफ्नै घरबाट उहाँलाई बिहीबाार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली,ईलाका प्रहरी कार्यालय कपिलाकोट लगाएतका चौकीहरुका प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले पुष्टी गर्नुभएको छ ।

विहीबार बिहान पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटमा केही समय राखी अहिले जिल्ला ल्याउदै गरेको प्रहरी उपरिक्षक सिँहले बताउनुभयो ।

प्रहरीले राईलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन् । राईलाई जिल्लामा ल्याएपछि मात्रै पक्राउ गर्नुको कारण खुलाईने प्रहरी उपरिक्षक सिँहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्