आगलागीबाट १८ लाख बराबरको धनमाल जलेर नष्ट



न्युज अफ नेपाल, काठमाडौं ।

धनुषाको जनकनन्दनी गाउँपालिका–३ महुवास्थित सार्वजनिक जग्गाको घरमा बिहीबार बिहान आगलागी हुँदा ९ वटा मोटरसाइकल, ३ वटा साइकल र घर समेत जलेर करिब १५ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भोजपुरको आमचोक गाउँपालिका–९ दुम्माना बस्ने दिप बहादुर श्रेष्ठको घरमा बुधबार बेलुका अगलागी हुँदा नगद, भाडावर्तन, लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनामल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्