भालुले पशु चौपायालाई आक्रमण गर्न थाल्यो  



न्युज अफ नेपाल, बझाङ

जिल्लाको खप्तड छान्ना गाउँपालिकामा भालु गाउँमै आइ स्थानीयबासीलाई दुःख दिन थालेको छ ।

खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडीमा खप्तड राष्ट्रिय निकुञ्जबाट भालु आउने गरेको स्थानीयवासीले बताएका छन् । खप्तड छान्ना गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट भालु मेल्तडी गाउँमा देखापर्न थालेको छ ।

मेल्तडी गाउँको कोटतला भन्ने स्थानमा भालुको आक्रमणबाट मङ्गलबार स्थानीय सुर्जनबहादुर रावलको गोठमा रहेका एक हल गोरुलगायत चार वटा पशु चौपायालाई आक्रमण गरेको छ । अहिलेसम्म चार वटा चौपायालाई भालुले आक्रमण गरेकोे रावलले बताउनुभयो ।

यसरी भालुले गाउँभित्र आएर गोठमा बाँधेका गोरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्