भिरबाट लडेर मृत्यु भएको अवस्थामा एक युवक प्यूठानमा भेटिए



न्युज अफ नेपाल, दाङ ।

दाङ तुलसीपुरका एक युवकको प्यूठानमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी २४ वर्षीय पोषण भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ।

उनको असोज १६ गते राति साढे १ बजेतिर शर्मारानी गाउँपालिकाको चकचके भन्ने ठाउँभन्दा आधा किलोमिटरमाथि भिरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ।

भण्डारी नारायणघाटमा जागिरबाट दसैं मनाउन भनि घरतर्फ फर्किंदै गर्दा स्वर्गद्वारीको दर्शन गर्न भनि गएका थिए।

कपिलवस्तु जिल्लाको शिवपुर निवासी २४ वर्षीय विशाल खनालसँगै भण्डारी प्युठान गएका थिए।

भण्डारीको शव मंगलवार बेलुका मात्रै एक माझिले नदीमा फेला पारेका थिए। उनीहरू असोज १६ गते राति साढे ११ बजेसम्म प्युठानको चकचकेस्थित एक होटलबाट निस्किएर गएको र त्यही क्रममा भण्डारीेले शौच गर्न भनि निस्किएको समयमा भिरबाट नदीमा खसेको उनका साथमा रहेका खनालले प्रहरी समक्ष बयान दिएका छन्।

पोष्टमार्टमपछि परिवारले अन्तिम संस्कार गरेको भण्डारीका छिमेकीले जानकारी दिए।

खनाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्