दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रहरीले दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएकाे हाे । प्रहरीले पक्राउ परेकासँग तास र नगद दुई लाख १४ हजार बरामद गरेको छ ।  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्