सुरक्षामा खटिइने प्रहरीले नै बालबालिकालाई हातपात गर्दै हत्कडी लगाए



न्युज अफ नेपाल, धनुषा ।

धनुषाको सिमावर्ती क्षेत्रमा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर अपहरण गर्न खोजेपछि स्थानीयवासीआक्रोशित बनेका छन् ।

मङ्गलवार करिब ११ बजे नगराइन नगरपालिका–८ बस्ने १६ वर्षीय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया–बिर्ताको मोडिमा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएका भन्दै आक्रोशित भएका हुन् ।

हवल्दार ठाकुरले बिजय र ११ वर्षीय राजकुमार मण्डललाई हत्कडी लगाएर भारत तर्फ लग्न खोजेको स्थानीयबासीको आरोप छ ।
प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै आक्रोशित स्थानियवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन् ।

भीड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका थियो । अहिले भने त्यहाँको अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा जिम्मा लगाइएको छ ।

पीडित दुई जनालाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताइएको छ । बिजयले आफुलाई ठाकुरले थप्पडै थप्पडले हिर्काएको र हत्कडी लगाएर मोटरसाइकलमा राखेर भारततर्फ लान खोजेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्