टेम्पो दुर्घटनामा एक जनाको मृत्यु   



न्युज अफ नेपाल, भाेजपुर ।

भाेजपुरकाे हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चार जना जना घाइते भएका छन् । आज दिउँसाे १ बजे हतुवागढी गाउँपालिका-५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो ।

दुर्घटना सोही गाउँपालिका-४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएकोे प्रहरीले जानकारी दिएकाे छ ।

घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल झरेको थियाे । दुर्घटनामा परी मिलनकै चार वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन् ।

घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्