महरालाई सभामुख भवन लगेर खानलतासी



न्युज अफ नेपाल, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख भवन बालुवाटार लगेर उनकै उपस्थितिमा प्रहरीले घर खानतलासी गरेको थाहा भएको छ।

पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा केही बेर राखेपछि उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो। त्यहाँबाट सिधै बालुवाटार लगेर प्रहरीले सभामुख निवास खानलतासी गरेको हो।

प्रहरीले महराको नजिकका मानिससँग भने सोधपुछ गरिरहेको छ। असोज १२ को घटनापछि शाहीलाई आफ्नो प्रभावमा पारेर बयान फेर्न लगाएको, प्रहरी चौकी पुर्याएर आफूले केही नगरेको निवेदन दिन लगाएको, उनको फेसबुक नियन्त्रणमा लिएर जथाभाबी लेख्न लगाएको आरोप महरालाई छ।
महरा त्यस रात शाहीको डेरामा गएको सिसिटिभी फुटेज भने प्रहरीले जुटाइसकेको छ। साथै, बरामद रक्सीको बोतलमा उनको हातको निसान भेटिने पनि प्रहरीको आस छ।

असोज १९ गते पक्राउ परेका महरा अझै सिंहदरबार प्रहरी वृत्तमै हिरासतमा छन्। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस्