ट्रम्पविरुद्धको महाअभियोग छानविनलाई ह्वाइट हाउसले सहयोग नगर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पविरुद्धको महाअभियोगमाथिको छानविनलाई ह्वाइट हाउसले सघाउ नगर्ने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कललाई लिएर ट्रम्प विवादमा तानिएका हुन् ।

ट्रम्पविरुद्धको महाभियोगको छानबिनमा ह्वाइट हाउसले सहयोग नगर्ने भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । छानबिनलाई ह्वाइट हाउसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ ।

डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं अनुउचित प्रक्रिया अपनाइएकाले छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गर्नुभएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका निम्ति उहाँका राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्