सेल्फी लिने क्रममा दुलहीसहित एकै परिवारका चार को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

भारतको तमिलनाडुस्थित एक बाँधमा सेल्फी लिने क्रममा चिप्लिएर नवदुलहीसहित एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा १४ वर्षिय सन्तोष र नवदुलही २० वर्षीया भी निभेदा रहेको तामिलनाडु प्रहरीले जनाएको छ ।

नवदुलाहा २५ वर्षीय जी पेरुमाल्सामी र उनकी बहिनी १५ वर्षीया युवारानी पेरुमाल्सामी भने बाच्न सफल भएका छन् । स्थानीय कृष्णागिरी जिल्लाका प्रहरीले जनाए अनुसार पम्बर बाँधमा आइतबार सो घटना भएको हो ।

सन् २०१८मा गरिएको एक अध्ययन अनुसार यसरी मृत्यु हुनेमा सबैभन्दा बढी भारतका रहेका छन् । सन् २०११ यता विश्वव्यापी रुपमा सेल्फीका कारण २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्