दसैँकाे टीका थाप्न घर आएका एक युवक पक्राउ



न्युज अफ नेपाल, बनेपा ।

दसैँमा टीका लगाउन घर आउने क्रममा एक युवक पक्राउ परेका छन् ।

लागुऔषध (चरेस) कारोबार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना सुनाइएका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्