त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २ बजे देखि ४ बजेसम्म बन्द



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २ बजे देखि ४ बजेसम्मका लागी बन्द भएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमणका लागि आएको कार्गो विमानका कारण २ बजे देखि ४ बजेसम्म विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको हो।

विमानस्थल व्यवस्थापनले त्यस अवधिमा उडान र अवतरण दुबै नहुने जनाएको छ । स्रोतका अनुसार आगामी २५ गते हुने पिङको भ्रमणका लागि यहाँ रहँदा प्रयोग गर्ने कारसमेत ल्याएर आएको कार्गो विमानका लागि त्रिभूवन विमानस्थलको ह्याङगर (पार्किङ) साँघुरो भएकाले रनवेमै पार्किङ गर्नुपरेका कारण देखाउदै उठान तथा अवतरण ठप्प पारेको हो।

चिनियाँ राष्ट्रपतिको विमान नअट्ने भएकै कारण उनको भ्रमण अवधीभर पनि विमानस्थल बन्द हुने समाचार प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्