ट्युनिसियामा सामुद्रिक किनाराको सुरक्षा कार्यक्रम सुरु



न्युज अफ नेपाल काठमाडौँ ।

ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम गत शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ ।

यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि सामुद्रिक किनारा व्यवस्थापन र सुरक्षाको कार्यक्रम आरम्भ भएको बताएका छन् ।

टुनिसियाको केबुला प्रान्तको नेबुलिायाको सामुद्रिक किनाराबाट यो कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

शुक्रबार उक्त कार्यक्रमको शुभारम्भका लागि आयोजना गरिएको कार्यक्रममा ट्युनिसियाका लागि अमेरिकी राजदूत पनि उपस्थित हुनु भएको थियो ।
यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सामुद्रिक किनाराको व्यवस्थापन र सुरक्षासम्बन्धी कार्यक्रम हाल आएर शुरु भएको छ र यसको सुरुआतपछि अब चरणबद्ध रुपमा अन्यत्र पनि विस्तार गर्दै लैजाने जनाइएको छ ।

ट्युनिसियाको जलसेनाका प्रमुखले यस सामुद्रिक सुरक्षाको विशेष कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिनु भएको थियो ।
अमेरिकी जल सेनाका कमाण्डरको समेत उपस्थिति रहेको सो कार्यक्रममा ट्युनिसियाली जल सैन्य प्रमुखले अमेरिकी सरकारको सहयोग र विगत लामो समयदेखिको प्रयासका बाबजुद जलसैन्य समूहको अथक प्रयासबाट यो सुरक्षा कार्यक्रम सुरु भएको जानकारी दिनुभयो ।

यसअघि यसै वर्षको मे महिनामा ट्युनिसियाको ट्युनिसमा अमेरिकी जल सैन्य कमाण्डर र सामुद्रिक किनारा सुरक्षा संयन्त्रको सहभागितामा संयुक्त बैठक भएको थियो ।
ट्युनिसियाली रक्षा मन्त्रालयको आयोजनामा सम्पन्न भएको सो बैठकमा विशेषगरी सामुद्रिक किनाराको सुरक्षासम्बन्धी कार्यक्रमलई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक छलफल भएको थियो ।
रासस /सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्