दशैँको अवसरमा बेथान्चोक गाउपालिकामा जेष्ठनागरीक सम्मान कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल, काभ्रे ।

बेथान्चोक क्षेत्र सरोकार समाजले बिजया दशमी तथा शुभदिपावलीको अवसरमा जेष्ठ नागरीक तथा प्रतिभा सम्मान कार्यक्रम बेथान्चोक गाउँपालिका–२ का अध्यक्ष भगवान घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

श्री कृष्ण गोपाल माबीका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेपाल सरकारका उपसचिव नवराज घिमिरे, नेपाली काग्रेसका जिल्ला सदस्य रामहरि तिमल्सिना, नेकपा जिल्ला सदस्य बेद प्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, बेथान्चोक क्षेत्र समाजका सल्लाहकार मछिन्द्र लामा , वडा सदस्य रामप्रसाद तिमल्सिना, बेथान्चोक सरोकार समाजका सदस्य राजेश तिमल्सिना, जयराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा साहित्यकार रमेस तिमल्सिना र आर्थिक पत्रकार समाजका अध्यक्ष भिम गौतमलाई सम्मान गरिएको थियोे । जेष्ठ नागरिकहरु १० जनालाई सम्मान गरिएको थियो । युवाहरुलाई विकास निर्माणमा सहभागी गराउन, आर्थिक, सामाजिक र सास्कृतिक बिकासमा सहभागी गराउँदै बेथान्चोक गाउँपालिकाको समग्र बिकासमा एकजुट गराउन सरोकार समाजले ध्यान दिने सल्लाहकार मछिन्द्र लामाले जानकारी दिए ।

कार्यक्रममा स्थानीय, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागीता रहेको थियो । बेथान्चोक गाउपालिकामा रहेर अन्यत्र बसोबास गर्ने व्यक्तिहरुले उक्त समाजलाई सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्