आगलागीबाट २५ लाख बराबर धनमाल जलेर नष्ट



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका–८ जय बागेश्वरीस्थित रौतहट घर भएका ४० वर्षीय राम बहादुर मिश्रको प्लाष्टिकको भाँडाहरुको गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहटकाे राजपुर नगरपालिका–२ बस्ने रामबिश्वाश मुखियाको गोठमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
क्रमशस्
स्याङजाको भिरकोट नगरपालिका–५गढी भञ्ज्याङ बस्ने राम उचाईको कटेज रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्कन गई आइतबार बिहान आगलागी हुँदा कटेज पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्