जबरजस्ती करणीको अभियोगमा अनिल पक्राउ 



न्युज अफ नेपाल, ललितपुर

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाकाल नगरपालिका–६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेमकुलले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्