पीएसजीले एन्जर्सलाई ४–० गोल अन्तरले पराजित



न्युज अफ नेपाल, काठमाडौं ।

शनिबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सारबिया, माउरो इकार्डी, इद्रिसा ग्युए र नेयमारले एक–एक गोल गरेका थिए ।

खेलको १३ औं मिनेटमा सारबियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा इकार्डीले गोल गर्दा पीएसजीको अग्रता २–० को बन्यो । ५९ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीको अग्रता ३–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको पीएसजीले ९ खेलबाट २१ अंक जोडेको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्