हनुमानढोकास्थित दशैँघरमा फूलपाती भित्र्याइयो 



sf7df8f}F, !* c;f]h -/f;;_ M a8f bz}Fsf] ;ftf}F lbg zlgaf/ uf]/vfb/jf/af6 NofOPsf] km”nkftL sf7df8f}Fsf] xg’dfg9f]sfdf leqofOFb} . t:jL/ M gjLg kf}8]n

न्युज अफ नेपाल, काठमाडौँ ।

बडादशैँको सातौँ दिन आज हनुमानढोकास्थित दशैँघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले आज गोरखाबाट जमलमा ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो ।

फूलपाती भित्र्याउने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसहित निजामती सेवाका कर्मचारी र विभिन्न देशका कूटनीतिज्ञको सहभागिता थियो ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीले र जीवनपुरबाट जमल ९त्रिचन्द्र क्याम्पस परिसर० सम्म काठमाडौँबाट गएका प्रतिनिधिले फूलपाती ल्याउने चलन छ । निकै रमाइलो देखिने उक्त समारोहमा नेपाली सेनाले तोप पडकाएर हर्षबढाइ समेत गरेको थियो ।

शुभ साइतको प्रतीकका रुपमा केराको बोट, दारिम, धानको बाला, हलेदो, मानवृक्ष, उखु, बेलपत्र, अशोकको फूल र जयन्तीलाई भित्र्याइन्छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको प्रतिकका रुपमा पूजा गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्