दक्षिण अफ्रिका–भारत टेस्ट क्रिकेटः भारतद्वारा ३९५ रनको चुनौती



विशाखापटनम ।

भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका विरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको छ ।

भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाई पाली समाप्तिको घोषणा गरेको छ । दक्षिण अफ्रिका समक्ष जितका लागि भारतले ३९५ रनको विशाल चुनौती दिएको छ ।

दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा सबै विकेट गुमाएर ४३१ रन मात्र बनाएको थियो । यद्यपी भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।

भारतका लागि दोस्रो इनिङमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले १२७ रन बनाएका छन् । शर्माले पहिलो इनिङमा पनि व्यक्तिगत १७६ रन बनाएका थिए ।

दोस्रो इनिङमा ब्याटिङ शुरु गरेको दक्षिण अफ्रिकाले चौथो दिनको खेल सकिँदा १ विकेटको क्षतिमा ११ रन बनाएको छ । पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक १६० रनको योगदान गरेका डिन एल्गर २ रनमै रविन्द्र जडेजाको बलमा एलबीडब्लु आउट भएका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्